१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० महिनामा भुक्तानी सन्तुलन ४ खर्ब बचतमा

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिना मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) करिब ४ खर्ब बचतमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष (२०८०-८१) को १० महिना तथ्यांकको आधारमा वर्तमान आर्थिक स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै भुक्तानी सन्तुलन करिब ४ खर्बले बचतमा पुगेको जनाएको छ । चैत मसान्तमा ३ खर्ब ६५ अर्बले बचतमा रहेको शोधनान्तर स्थिति वैशाखमा ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा पुगेको छ ।

आयात र निर्यात दुवै व्यापारमा देखिएको शिथिलताले व्यापार घाटामा भएको कमी तथा रेमिट्यान्समा देखिएको उल्लेख्य वृद्धिले चालु आर्थिक वर्षको सुरुवातदेखि नै शोधनान्तर बचत लगातार बढ्दै गएको छ । गत आर्थिक वर्षको वैशाख शोधनान्तर स्थिति मसान्तमा २ खर्ब ९ अर्ब ४९ करोडले बचतमा रहेको थियो ।

यस्तै चालु खाता बचत करिब २ खर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको १० महिनामा करिब ६४ करोडले घाटामा रहेकोमा चालु आवको सोही अवधिमा १ खर्ब ९३ अर्ब २५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर घटाउँदा समेत चालु खाता बचतमा हुँदा निक्षेप उललेखय रुपमा बढेको छ ।

यस अवधिमा पुँजीगत ट्रान्सफर १७।२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड कायम हुँदा खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोडले धनात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोडले धनात्मक रहेको थियो ।

प्रतिक्रिया दिनुहोस