२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साढे १९ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति

अ+ अ-

काठमाडौँ । मुलुकको विदेशी विनिमय सञ्चिति बढेर साढे १९ खर्ब रुपैयाँ हाराहारी पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांक समेटेर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियो ।

यो परिमाणमा २६.२ प्रतिशतले वृद्धि भई २०८१ वैशाखमा १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा हिसाब गर्दा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड थियो । २०८१ वैशाख मसान्तमा २४.२ प्रतिशतले बढेर १४ अर्ब ५४ करोड डलर पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड थियो । २०८१ वैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक बाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड थियो । २०८१ वैशाख मसान्तमा १३.८ प्रतिशतले बढेर २ खर्ब २० अर्ब ३८ करोड कायम भएको छ ।

२०८१ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस