२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाम्रो पार्टीले मार्क्सवादको वैचारिक दृष्टिकोणलाई कम्युनिष्ट आदर्शका रूपमा अवलम्बन गर्छ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मार्क्सवादको वैचारिक दृष्टिकोणलाई कम्युनिष्ट आदर्शका रूपमा अवलम्बन गर्ने बताएका छन् । 

समाजवादी अध्ययन केन्द्रले आज आयोजना गरेको कार्यक्रममा उनले निरंकुशताविरुद्धको संघर्षमा क्रियाशील हुँदै जनअधिकार तथा सामाजिक रूपान्तरणमा कम्युनिष्ट आन्दोलनको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै अध्यक्ष नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेज मातहतका कमिटीमा छलफलका क्रममा रहेका जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देश विकास तथा समृद्धिका लागि श्रमजीवी, किसान, उद्योगी तथा व्यवसायीको संरक्षण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक उत्पादन र  औद्योगीकरणको खाँचो औँल्याए । उनले विश्व परिवेशमा परिवर्तित शक्ति सन्तुलनले राष्ट्रियतामाथि पार्ने प्रभाव, अस्थिरता तथा वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्न लोकतान्त्रिक र समाजवादी शक्तिहरूबीच कायम राजनीतिक अन्तरविरोध कम गर्नुपर्ने उल्लेख गरे ।

पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान गरिबी, शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारी समस्या अन्त्य गर्न, सबै प्रकारका विभेद तथा भेदभाव निर्मूल गर्न समाजवादी वैचारिक कार्यदिशा सही हुनुपर्ने विचार व्यक्त गरे । उनले वर्तमान राजनीतिमा बढेको अविश्वासले प्रतिक्रियावादी शक्तिहरूलाई हौसला दिएकाले परिवर्तनकारी शक्तिहरूबीच सहकार्य तथा समन्वयको खाँचो औँल्याए ।

महासचिव घनश्याम भुसालले मुलुकमा विद्यमान सम्पूर्ण समस्या र विकृति समाधानका लागि समाजवादी कार्यक्रम तथा परियोजना निर्माण तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टी सङ्गठन विभाग सचिव अशेष घिमिरेले सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील हुन सबैलाई आग्रह गर्दै उजले मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि वैज्ञानिक समाजवादको महत्वमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस