२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्किटेक्ट इञ्जिनियर खोज्दै कामपा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इन्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ ।  

कामपाले गत भदौमा सीप भएका बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार अहिलेसम्म चार हजार सात सय ७० जनाको आवेदन परेको कामपा श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार आर्किटेक्ट इन्जिनियरको सङ्ख्या अत्यन्तै कम रहेको छ ।

फोकल पर्सन ठाकुरका अनुसार अहिलेसम्म आर्किटेक्ट इञ्जिनियर थोरैको सङ्ख्यामा आएकोमा आएकामध्ये अधिकांश काममा लागिसकेका छन् । “कामपालाई आर्किटेक्ट इञ्जिनियर तत्कालका लागि १७ जना आवश्यक छ । त्यसका लागि कामपाले पुनः सार्वजनिक सूचना निकालेको छ”, उनले भने, “अन्य कामदारहरू मागभन्दा धेरै आउनुभएको छ भने आर्किटेक्ट इञ्जिनियर अत्यन्त न्यून सङ्ख्यामा आउनुभएको छ ।”  

कामपाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैक सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार महानगरले आवेदन माग गरेको थियो । “यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्ने जनशक्तिको सूचीकरण हुनेछ”, फोकल पर्सन ठाकुरले भने । 

श्रम बैंकमा आएकामध्येबाट अहिले छ सय छनोट गरी काममा खटाइएको छ । आवश्यकता र मागअनुसार अन्यलाई पनि काममा खटाउने तयारी गरिरहेको कामपाले जनाएको छ । आवेदन दिनेमध्ये सबैभन्दा धेरै सरसफाइको क्षेत्रमा काम गर्ने जनशक्ति रहेको कामपाले जनाएको छ । 

“बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैंकमा श्रमिकलाई आबद्ध गराइएको हो”, फोकल पर्सन ठाकुरले भने, “कामपाले तयार गरेको श्रम बैङ्कमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार, सम्पर्क नम्बर र श्रमिकको ठेगानालगायत विवरण उल्लेख गरिएको हुन्छ ।” 

सोही विवरणका आधारमा आवश्यकता परेमा जनशक्ति उपलब्ध गराउन सकिने व्यवस्था छ । चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आफूले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्नेछ । आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्ने छ । श्रम बैङ्कमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि काठमाडौँमा बसोबास भएको हुनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस