वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि पहल गर्छौँ : सभापति देउवा « प्रशासन
Logo २६ भाद्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि पहल गर्छौँ : सभापति देउवा


२६ जेष्ठ २०८१, शनिबार


काठमाडौँ  । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न काँग्रेसले पहल गर्ने बताएका छन् ।

पार्टी निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नवनिर्वाचित कार्यसमितिसँग आज भएको भेटमा उनले वैदेशिक रोजगार व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि काँग्रेसले पहल गर्ने बताएका हुन् । सभापति देउवाले समस्याबारे पार्टीले संसद्मा समेत कुरा उठाउने प्रतिबद्धता व्यक्त गरे । 

एशोसिएसनका अध्यक्ष दीपक थापाले एउटा म्यानपावर कम्पनीले वार्षिक एक सय श्रमिकलाई अनिवार्यरूपमा विदेश पठाउनुपर्ने सरकारको नीतिले समस्या भएको गुनासो गर्दै नीति पुनरावलोकनका लागि पहल गर्न सभापतिसमक्ष आग्रह गरे । उनले म्यानपावर कम्पनीले बैँक तथा वित्तीय संस्थामा राखेको धरौटी रकम धेरै भएकाले त्यसमा समेत पुनः विचार गर्नुपर्ने आवश्यकता औँल्याए । 

भेटमा पार्टी उपसभापति पूर्णबहादुर खड्का, पार्टीको वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुख प्रकाश रसाइली स्नेही, काँग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव एवं राष्ट्रियसभा सांसद कृष्णप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

यसअघि बिहीबार वैदेशिक रोजगार व्यवसायी सङ्घ र विभिन्न पार्टीनिकट व्यवसायी सङ्घसंस्थाले श्रम तथा रोजगारमन्त्री डिपी अर्याललाई भेटेर वैदेशिक रोजगार व्यवसायका क्षेत्रमा देखिएका समस्या र समाधानबारे अवगत गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस