३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी प्राधिकरण स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका छन् ।

सहकारी केन्द्र नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले विद्यमान संरचनाभित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै प्राधिकरण बनाएर अघि बढ्ने बताए । 

प्राधिकरण गठन प्रक्रिया केही समयभित्रै सुरु हुने उनको भनाइ छ । प्रधानमन्त्रीले आफू पनि सहकारी पीडित भएको बताए ।

सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर सहकारी समस्या समाधानका लागि विद्यमान संरचनाबाट सम्भव नहुने निष्कर्षमा पुगेपछि त्यससम्बन्धी बोर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर प्राधिकरण बनाउने तयारी गरिएको प्रधानमन्त्रीले सुनाए । सहकारीलाई त्यसको मूलभूत सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर पुँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यमजस्तो बनाइसकेपछि विकृति देखिएको उनको तर्क छ ।

प्रधानमन्त्रीले भने, ‘सम्बन्धित मन्त्रालय, मन्त्री, मन्त्रालयका सचिवसमेतलाई राखेर अब यसलाई प्राधिकरण बनाएर सशक्त रूपले लैजानुको विकल्प छैन भन्ने ठाउँसम्म ल्याइपुर्‍याइएको छ । बोर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाईभ गर्न सकिन्छ । हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू पनि जसले सहकारी खोलेर काम गर्न भनेर सुरु गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ मलाई । किनभने ती सहकारी खोल्ने साथीहरूले जस्तो मलाई अरूले सताएका छैनन् ।’

प्रतिक्रिया दिनुहोस