जलवायु परिवर्तनको असरले प्राकृतिक सम्पदा विनाश भयो : मन्त्री राई « प्रशासन
Logo ५ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जलवायु परिवर्तनको असरले प्राकृतिक सम्पदा विनाश भयो : मन्त्री राई


२४ जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले जलवायु परिवर्तनका कारण प्राकृतिक सम्पदामा ठूलो असर परिरहेको बताउनुभएको छ । डिप्लोमा इञ्जिनियर्स एशोसिएसन, नेपाल (डिन)को ४४औँ स्थापना दिवसका अवसरमा आज मन्त्री राईले जलवायु परिवर्तनका कारण प्राकृतिक सम्पदामा नराम्रो असर परेको बताएका हुन् ।

“पछिल्लो समय जलवायु परिवर्तनका कारण अच्चमका घटना घटिरहेका छन्, हिमालमा फल्ने फलफूल पहाडमा उत्पादन हुन थालेका छन्”, मन्त्री राईले भने, “हिमालमा हिउँको सतह घट्दै छ, गर्मी प्रत्येक वर्ष बढिरहेको छ, त्यसको असर बढ्दै गएको छ, सबै सजक भएर वातावरण जोगाउने कार्यमा जुट्न मेरो आग्रह छ ।”

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)वाग्मती प्रदेशसभा सदस्य पूर्वयोजना आयोगका उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले मुलुकको विकास र समाज रूपान्तरण गर्ने क्रममा डिप्लोमा इन्जिनियरिङको ठूलो भूमिका रहेको बताए ।

उनले पछिल्लो समय जलवायु प्रदूषणका कारण देशमा जमिनको बिग्रिँदो अवस्था रहेको, वर्षायाम आएपछि डराउनुपर्ने अवस्था आएकामा चिन्ता व्यक्त गर्दै पुरानै अवस्थामा जमिनलाई ल्याउनका लागि वन विनाश कम गर्दै वातावरण संरक्षणमा जुट्न आह्वानसमेत गरेका थिए ।

विकास निर्माणमा चरम लापरबाहीका कारण विकास निर्माणका काम सुरु नहुँदै नष्ट हुने गरेको भन्दै उनले जलवायु परिवर्तनले खानेपानी, जलविद्युत् क्षेत्रमा असर पुगेको बताउनुभयो । वातावरणलाई सुरक्षित गर्नका लागि मुख्यरुपमा पानी, कृषि र वनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै उनले परम्परागत नभएर हरित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने, छरिएको पुँजीलाई एकीकृत गर्नुपर्ने, सहकारी समस्या समाधान गर्नुपर्ने र जलविद्युत्को अवसरलाई उपयोग हुनेमा जोड दिए।

डिनका अध्यक्ष कामेश्वरप्रसाद सिंहले देशमा निर्माण हुने हरेक विकास निर्माणका काम प्राकृतिकरुपमा नै सहज हुने गरी निर्माण गर्नुपर्नेमा जोड दिँदै प्राकृतिक सम्पदाको संरक्षण गर्दै विकास निर्माणलाई दिगो बनाउने कुरामा डिनको भूमिकालाई थप प्रभावकारी बनाउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस