न्युयोर्क । टी-२० विश्वकप अन्तरगत समूह डीको खेलमा श्रीलंकाका ब्याटर दक्षिण अफ्रिकाका बलरसामु निरीह बनेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्का १९.१ ओभरमा ७७ रनमा सीमित बनेको हो ।
दक्षिण अफ्रिकाका एनरिज नोर्टजेले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा मात्र ७ रन खर्चिए । त्यस्तै केशव महाराज र कागिसो रबाडाले २/२ विकेट हात पारे ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ३० बलमा सर्वाधिक १९ रन बनाए । त्यस्तै, एन्जेलो म्याथ्युजले १६ बलमा १६ रन जोडे ।
कामिन्डु मेन्डिसले १५ बलमा ११ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।