२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री तामाङले भने-रिङरोड बाहिरका काँठ बस्ती होमस्टे सञ्चालन गर्न उपयुक्त

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौँ उपत्यका नजिक रिङरोड बाहिरका काँठ बस्तीमा होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् ।

हाँडीगाउँ सामुदायिक होमस्टे (घरबास) को वार्षिकोत्सव र नयाँ होमस्टे घर उद्घाटन कार्यक्रममा बोल्दै उनले सहरभन्दा नजिक उपत्यकाका काँठ क्षेत्रमा होमस्टे कार्यक्रम विस्तार गर्न सकिने सम्भावना रहेको बताए ।

विदेशी तथा स्वदेशी पर्यटकलाई लोकल तथा अग्र्यानिक खानाको स्वादसँगै मौलिक कला, संस्कृति देखाएर आर्थिक लाभ लिन सकिने उनले बताए ।

मन्त्री तामाङले होमस्टेलाई व्यवस्थित तथा प्रभावकारी र उद्देश्यमूलक बनाएर सञ्चालन गर्न समेत निर्देशन दिए ।

सहरी क्षेत्रमा रहेका घरमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवा बापत निश्चित रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिन्छ भन्ने हाँडीगाउँ होमस्टेले प्रमाणित गरेको उनको भनाइ छ ।

काठमाडौँ रिङरोड बाहिरका काँठ क्षेत्रमा खेती गर्ने, पशुपालन गर्ने र गाईबस्तुको मलबाट तरकारी फलाउने गरिने भन्दै उनले त्यसलाई उपयोगमा ल्याएर ती बस्तीमा होमस्टे सञ्चालन गर्नुपर्ने बताए ।

नेपाल आउने पर्यटकलाई स्थानीय रीतिरिवाज सिकाउने यो सबैभन्दा प्रभावकारी माध्यम भएको उनले बताए ।

पर्यटकीय सम्भावना भएका गाउँ सहरको पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई उपयोग गर्नुपर्ने भन्दै मन्त्री तामाङले मन्त्रालयले होमस्टे कार्यक्रमको प्रवर्द्धन, सञ्चालन तथा विस्तारमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस