२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मापदण्ड अनुसार ट्रायल सेन्टर बनाउन बागमती सरकार सकारात्मक

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र सम्बन्धी प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टरहरू मापदण्ड अनुसार बनाउने भएको छ । 

मापदण्डविपरीत सञ्चालित ट्रायल सेन्टर र ट्रायल सेन्टरमा निजी सवारी साधन प्रयोगमा लगाइएको रोकका विषयमा बागमती प्रदेश सरकार र राष्ट्रिय सतर्कता केन्द्रबीच भएको छलफलमा प्रदेश सरकारले ट्रायल सेन्टर मापदण्ड अनुसार बनाउने जनाएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साहबीच छलफल भएको थियो । 

छलफलमा मुख्यमन्त्री जम्कट्टेलले ट्रायल सेन्टरहरू मापदण्ड अनुसार बनाउन आफू सकारात्मक रहेको बताए । प्रविधिको प्रयोग गरेर ट्रायल दिन मिल्ने गरी चाँगुनारायणमा ट्रायल सेन्टर बनाउने योजना रहेको मुख्यमन्त्रीले भेटमा सुनाए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका का.मु. प्रमुख सचिव गोविन्द बहादुर कार्कीले पूर्वाधार तयार गरेर अटोमेसनमा जाने र निर्देशिका कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताए ।

प्राविधिक परीक्षण अन्तरक्रिया कार्यक्रममा सहभागी हुन हेटौँडा पुगेको सतर्कता केन्द्रको टोलीले मुख्यमन्त्री कट्टेलसँग छलफल गरेको हो । संघ र स्थानीय सरकारका विकासे अड्डाका इन्जिनियरसँग विकास निर्माणमा देखिने त्रुटिका विषयमा अन्तरक्रिया भएको थियो ।

यसै गरी सतर्कता केन्द्रको टोलीले नारायणगढ र हेटौँडामा रहेका ट्रायल सेन्टरको अनुगमन गरेको थियो । दुवै ट्रायल सेन्टर मापदण्ड अनुसार सञ्चालनमा रहेको पाइएको सतर्कता केन्द्रले जनाएको छ । साथै ती ट्रायल सेन्टरमा परीक्षार्थीले निजी सवारी साधन प्रयोग गरेर ट्रायल दिने व्यवस्था मिलाइएको छ ।

यसअघि सतर्कता केन्द्रले काठमाडौँ उपत्यकाका ट्रायल सेन्टरको अनुगमन गर्दा मापदण्डविपरीत रहेको पाइएको थियो । उपत्यकामा सञ्चालित ट्रायल सेन्टर मापदण्ड अनुसार नभएको विषयमा सतर्कता केन्द्र र बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयबीच टसल देखिएको छ ।

सम्बन्धित समाचार : मापदण्डविपरीतका ट्रायल सेन्टर बन्द गर्न सतर्कता केन्द्रको निर्देशन

प्रतिक्रिया दिनुहोस