काठमाडौँ । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ ।
झडपमा ६ जना प्रहरी घाइते भएका प्रमुख जिल्ल अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए । घाइतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको छ ।
स्वर्गद्वारी गुठी पीडित किसानहरूले आफूहरूका माग सम्बोधन नभएको भन्दै दाङको घोराहीमा रहेको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका थिए । उनीहरूले कार्यालय घेरेर ढुङ्गा मुडा गरेपछि प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको प्रजिअ सुवेदीले बताए । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।