१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीयताको मर्मअनुसार प्रदेशले अधिकार पाएनः मुख्यमन्त्री पाण्डे 

अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको मर्मअनुसार प्रदेशले अधिकारप्राप्त नगर्दा सीमित स्रोतसाधनमा काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । 

सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको गण्डकी प्रदेशस्तरीय दुई दिने सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले अझै पनि राजनीतिक र वित्तीय सङ्घीयता लागू हुन नसकेको बताए ।  उनले आर्थिक स्रोतको अभावका कारण पुस्तकालयलाई मन फुकाएर सहयोग गर्न नसकेको बताए। “सार्वजनिक पुस्तकालयलाई बचाउनुपर्छ भनेर बौद्धिक जगत् लागेको छ तर प्रदेश सरकारले अधिकारप्राप्त गर्न नसक्दा जुन रूपमा आर्थिक सहयोग गर्न सकिन्थ्यो त्यो सहयोग गर्न सकिएको छैन”, उनले भने । 

प्रविधिको विकासले सबैका हात हातमा मोबाइल हुँदा पुस्तकालयमा पुगेर पढ्नेको सङ्ख्या घट्दो क्रममा रहेकाले अब पुस्तकालयलाई प्रविधियुक्त बनाउन लाग्नुपर्ने धारणा राखे । 

कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा तथा जलस्रोत एवं सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले प्रदेशमा सार्वजनिक पुस्तकालय सञ्चालनका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । पुस्तकालयसम्बन्धी ऐन, कानुन निर्माण गर्न आफू सधैँ सक्रिय रहेको बताउँदै मन्त्री थापाले शैक्षिक संस्थामा सञ्चालित पुस्तकालयलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस