२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविले स्नातक तहको पुसमा परीक्षा लिएर वैशाखमा नतिजा प्रकाशन गर्ने

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले २०८१ को वार्षिक शैक्षिक क्यालेन्डर प्रस्ताव गरेको छ ।

त्रिविको क्यालेन्डरअनुसार सेमेस्टर अन्तर्गतका कृषि तथा वन विज्ञान, इन्जिनियरिङ, फरेष्ट्री, विज्ञान तथा प्रविधि संकायका लागि स्नातक तहको आवेदन फारम साउनको तेस्रो सातादेखि भदौको दोस्रो सातासम्म खुल्ने छ ।

कानुन, मानविकी तथा समाजशास्त्र र व्यवस्थापन संकायका सेमेस्टरका लागि पनि यही शैक्षिक क्यालेन्डर लागू हुनेछ । यी संकायको प्रवेश परीक्षा भदौको तेस्रो सातामा हुनेछ । भर्ना भदौको चौथो हप्ता खुल्ने त्रिविले जनाएको छ । माथि उल्लेखित संकायको स्नातक तह पहिलो सेमेस्टरको पढाइ सुरु असोजको पहिलो सातामा सुरु हुनेछ । यी संकायको पहिलो सेमस्टको परीक्षा २०८१ पुस ३ गतेदेखि सुरु हुनेछ भने २०८२ वैशाख १ गते नतिजा प्रकाशन हुनेछ ।

माघको २ गतेबाट दोस्रो सेमेस्टरको पढाइ सुरु हुनेछ । २०८२ असार २ गतेदेखि तेस्रो सेमेस्टरको पढाइ सुरु हुने र २०८२ मंसिर ३ देखि चौथो सेमेस्टरको पढाइ सुरु गर्ने त्रिविले जनाएको छ । २०८३ जेठ १ गतेबाट पाँचौँ सेमेस्टर सुरु हुनेछ । छैठौँ सेमस्टर २०८३ मंसिर १, सातौँ २०८४ वैशाख २ र आठौँ समेस्टरको पढाइ २०८४ कात्तिक ४ गतेबाट सुरु हुने त्रिविले जनाएको छ ।

त्यसैगरी वार्षिक कार्यक्रमका विज्ञान तथा प्रविधि संकायअन्तर्गत बीएससी जनरल, बीटेक फुड, शिक्षाशास्त्र, मानविकी तथा समाजशास्त्र अन्तर्गत, एफएचएसस, बीए, बीएसडब्लू र व्यवस्थापन संकायअन्तर्गत एफओएम, बीबीएस पहिलो वर्षको भर्ना साउन तेस्रो सातादेखि भदौ दोस्रो सातासम्म चल्नेछ ।

भदौको चौथो सातादेखि कक्षा सुरु हुने र २०८२ चैत चौथो सातामा परीक्षा फारम खुल्ने त्रिविले जनाएको छ । पहिलो वर्षको पढाइ २०८२ को जेठ पहिलो सातामा सकिने छ । जेठको चौथो सातामा परीक्षा र २०८२ असोज दोस्रो साता नतिजा प्रकाशन गर्ने शैक्षिक क्यालेन्डरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस