काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।
नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका सिरोहिया स्वास्थ्य अवस्थाका कारण परिवारको हाजिरी जमानीमा रिहा भएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई छोरा सम्भव सिरोहियाको जिम्मा लगाएर छाडेको हो ।