काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई मन्त्रीसँगै शपथ लिने भएका छन् ।
उनले काँग्रेसबाट दुई जनालाई मन्त्री बनाउन लागेका हुन् । मुख्यमन्त्रीले काँग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा टकराज गुरुङ मन्त्री नियुक्त भएका हुन् ।
थापाले सामाजिक विकास र गुरुङले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।