काठमाडौँ। नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।
गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि उनलाई जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो ।
चिकित्सकले रेफर गरेपछि सिरोहियालाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।