५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीले महाधिवेशनको दस्ताबेज मातहतका कमिटीलाई पठाउने

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले केन्द्रीय कमिटीको सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको महाधिवेशन दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेज थप छलफलका लागि मातहतका कमिटीमा पठाउन निर्णय गरेको पार्टी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । परिमार्जन गरिएका ती दस्ताबेज भोलि  मातहतका कमिटीमा पठाइने छ ।

बैठकले मुस्ताङ जिल्ला कमिटी इन्चार्ज कृष्ण नेपाली र स्याङ्जाको इन्चार्ज अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ । संसद्को गतिरोध अन्त्य गर्न अध्यक्ष नेपाल नेतृत्वको टोलीले विभिन्न दलसँग गरेका संवादबारे छलफल भएको बैठकमा आगामी सचिवालय बैठकबाट प्रतिनिधि छनौट गर्ने निर्णय भएको छ । 

‘अर्बान एन्ड रूरल डेपलभमेन्ट’, ‘पोलिसी’, ‘प्लानिङ’, अनुभव आदानप्रदान कार्यक्रममा पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा सातजनाको टोली चीन भ्रमणमा पठाउने निर्णय बैठकले गरेको छ । उक्त बैठक यही जेठ १६ गतेदेखि पाँच दिनसम्म चल्नेछ । 

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीले तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ । पार्टीको नयाँ र पुरानो सङ्गठित सदस्यताका नामावली विवरण अद्यावधिक गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस