काठमाडौँ । राप्रपाले दबाबमूलक प्रदर्शन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको सोमबार सकिएको बैठकले ४० बुँदे माग अहिलेसम्म सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
सुशासन, विकास र सेवा प्रवाहसँग सम्बन्धित माग तत्काल सम्बोधन गर्न र दीर्घकालीन माग र मुद्दाहरूमा सबै दलहरुबीच नवीन समझदारी निर्माणका लागि पहल गर्न ध्यानाकर्षण गराउने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
साथै माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । आन्दोलनको स्वरूप निर्धारण गर्ने जिम्मेवारी आन्दोलन परिचालन समितिलाई दिएको छ ।
बैठकले भ्रष्टाचार, जनजीविका र समसामयिक विषयमा दबाबमूलक प्रदर्शन गर्ने समेत निर्णय गरेको अध्यक्ष लिङ्देनले बताए ।