२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्रीद्वारा कान्ति बाल अस्पतालमा छड्के अनुगमन

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आज कान्ति बाल अस्पतालमा छड्के अनुगमन गर्दै सेवाग्राहीको गुनासो सम्बोधन गर्न निर्देशन दिएका छन् ।  

उपचारका लागि आएका सेवाग्राहीले मन्त्री यादवसँगको कुराकानीका क्रममा अस्पतालको फोहर व्यवस्थापनमा समस्या रहेको, शौचालय दुर्गन्धित रहेको, आकस्मिक कक्षको एउटै शय्यामा तीन जनासम्मको उपचार भइरहेको, औषधि लिन फार्मेसीमा लामो समय कुर्नुपरेको, रगत संकलनमा ढिलाइ हुने गरेको, ह्वीलचियरको व्यवस्था नरहेको र कर्मचारीहरूले राम्रो व्यवहार नगर्ने गरेको गुनासो पोखेका थिए ।

मन्त्रालयका सचिवसहितको टोली लिएर अस्पताल पुग्नुभएका मन्त्री यादवले आकस्मिक कक्ष, अस्पताल फार्मेसी, ओपिडी, शल्यक्रिया कक्ष, आइसीयु, एनआइसीयु, क्यान्टिनसहित अस्पतालका विभिन्न शाखाको अनुगमन गरे।

अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालस्थित एमआरआई मेसिन आंशिक रूपमा सञ्चालनमा रहेको र तत्काल पूर्णरुपमा सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । अस्पतालका निर्देशक डा. पङ्कज रायले जनशक्ति र बजेट अभावका कारण अपेक्षित ढङ्गले काम नगर्न नसकिएको मन्त्रीसमक्ष गुनासो राख्ने क्रममा मन्त्री यादवले आगामी अस्पतालमा देखिएका कमजोरीलाई सुधार गर्न र आवश्यक जनशक्ति र पूर्वाधार विकासका लागि बजेट व्यवस्थापन मन्त्रालयले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले भने, “अस्पतालमा थुप्रै समस्या भेटिएका छन् यद्यपि सुधार गर्न सकिने ठाउँहरू छन् । सानोतिनो विषयमा पनि सेवाग्राही असन्तुष्ट हुनुहुन्छ । अस्पतालमा देखिएका कमजोरीलाई तत्काल सुधार गर्न अस्पताल प्रमुख र सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।”

प्रतिक्रिया दिनुहोस