२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशनका लागि तयार ४ वटै दस्ताबेज ७७ जिल्लामा पठाउँदै नेकपा एस 

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १०औँ राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको दस्ताबेज यही जेठ १५ गते जिल्लामा पठाउने भएको छ ।

महाधिवेशनका लागि तयार गरिएका राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजलाई थप परिस्कृत बनाउन जिल्ला कमिटीमा छलफलका लागि पठाउन लागेको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।

कम्युनिष्ट पार्टी स्थापनाको करिब ७५ वर्षको अनुभवमा आधारित भएर पार्टी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, शोषण र उत्पीडन, सैनिक, जातीय, भाषिक र सामाजिक विभेदका साथै वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गरी राजनीतिक दस्ताबेज तयार पारेका छन् ।

सम्मानित नेता झलनाथ खनालले देशको समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति, कार्यनीति, क्रान्तिको बाटो, नेपाली समाजका आधारभूत र प्रधान अन्तरविरोधहरूको विश्लेषण गरी समाजवादी दस्ताबेज लेखेका छन् ।

उपाध्यक्ष बेदुराम भुसालले तयार पारेको विधान दस्ताबेजमा प्रतिनिधि सम्बन्धित कमिटीबाट निर्वाचित भएर आउनुपर्ने, युवा सहभागिता वृद्धि गर्नेलगायतका विषय उल्लेख गरिएको छ । महासचिव घनश्याम भुसालद्वारा सङ्गठनात्मक दस्ताबेजमा पार्टीको देशभरको अवस्था, आगामी कार्यक्रमको रणनीति उल्लेख छ ।

चार वटा प्रतिवेदनलाई सबै तहका कमिटीबाट छलफलपछि प्राप्त निष्कर्षका आधारमा त्यसलाई एउटै साझा दस्ताबेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने केन्द्रीय सदस्य मोहन गौतमले बताए ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन दिएको छ ।

पार्टीको नयाँ र पुरानो संगठित सदस्यको सदस्यता नामावली विवरण अद्यावधिक गरिएको छ । आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस