बाँकेमा गृहमन्त्री लामिछानेको पुतला दहन « प्रशासन
Logo २ असार २०८१, आइतबार
   

बाँकेमा गृहमन्त्री लामिछानेको पुतला दहन


१० जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । बाँकेको नेपालगन्जमा नागरिक समाजले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुतला दहन गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै बिहीबार त्रिभुवन चोकमा गृहमन्त्री लामिछानेको पुतला दहन गरिएको हो । 

विरोध प्रदर्शनमा सहभागी नागरिक समाजका अगुवा पत्रकारहरूले यो कदम प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको भन्दै मिडिया माथिको आक्रमण रोक्न माग गरेका छन् ।

अध्यक्ष सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर केन्द्रीय कार्यालयको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको थियो । प्रतिशोधका आधारमा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस