Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ


१० जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले छिमेकीलगायत सबै मुलुकहरूसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा दिपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्दै आएको बताएका छन् । 

नेपाल परराष्ट्र सेवा दिवसका अवसरमा मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान तथा सक्रिय उपस्थितिका साथ राष्ट्रिय हितको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिँदै आएको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले कूटनीतिक सम्बन्ध विस्तार मलुकको राष्ट्रिय हित प्रवर्द्धन र परराष्ट्र नीतिको सफल कार्यान्वयनमा परराष्ट्र सेवाको अहम् जिम्मेवारी रहेको बताए ।

साथै उनले संवैधानिक व्यवस्थाको प्रावधानअनुसार नेपालले पञ्चशीलमा आधारित स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति कायम गर्दै आएको बताए । उनले आर्थिक कूटनीतिमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान गर्ने तथा वैदेशिक रोजगारी मर्यादित र व्यवस्थित तुल्याउने नीतिलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराए  ।

कार्यक्रममा परराष्ट्र सचिव सेवा लम्सालले परराष्ट्र सेवाको सुरुआती चरणको अवस्थाबारे जानकारी गराउँदै यस सेवाले नेपालको विदेश नीति तर्जुमा, सञ्चालन तथा प्रभावकारी कार्यान्वयनमा निर्णायक र अहम् भूमिका निर्वाह गर्दै आएको बताइन्। यस सेवामा कार्यरत कूटनीतिक सुझबुझसहितका जनशक्तिले नीति निर्मातालाई विज्ञ सल्लाह प्रदान गर्ने, संस्थागत ज्ञान निर्माण गर्ने संरक्षण गर्ने तथा नीति निर्माणमा निरन्तर रूपमा पृष्ठपोषणको कार्य गर्नुका साथै यसको कार्यान्वयनमा कटिबद्ध रहेको उल्लेख गरिन् । 

साथै सचिव लम्सालले यस सेवामा कार्यरत जनशक्तिले द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको उपस्थिति, वार्ता कौशल प्रदान गरिरहेको उल्लेख गरिन् । कार्यक्रममा परराष्ट्र सेवामा लामो समय काम गरी सेवा निवृत्त भएका कर्मचारी तथा उनका परिवारलाई सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस