रामग्रामस्तूप गुरुयोजना स्वीकृतिका लागि पहल गर्छौ : पर्यटन मन्त्री तामाङ « प्रशासन
Logo ११ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रामग्रामस्तूप गुरुयोजना स्वीकृतिका लागि पहल गर्छौ : पर्यटन मन्त्री तामाङ


१० जेष्ठ २०८१, बिहिबार


नवलपरासी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले रामग्रामस्तूपको गुरुयोजना स्वीकृतिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुद्धजयन्तीको अवसर पारेर आज पश्चिम नवलपरासीस्थित रामग्रामस्तूपको अवलोकन गर्दै मन्त्री तामाङले रामग्रामस्तूप क्षेत्रको बृहत्तर विकासका लागि तयार पारिएको गुरुयोजना मन्त्रिपरिषद्मा  स्वीकृत गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे  ।  

बुद्धको अस्तु धातु रहेको रामग्रामलाई लुम्बिनीसँग जोडेर एकीकृत विकास गर्ने गरी रामग्रामस्तूप क्षेत्रको विसं २०७८ सालमा गुरुयोजना बनाइएको थियो । लुम्बिनी मात्रै नभएर बुद्धसँग जोडिएका सबै स्थलको विकास र प्रचारप्रसार हुन सके दीर्घकालीन रूपमा यस क्षेत्रको विकास हुनसक्ने मन्त्री तामाङको भनाइ थियो । बुद्धसँग जोडिएका ऐतिहासिक स्थलको विकासका लागि तीनै तहका सरकारबीच सहकार्य जरुरी रहेकामा मन्त्री तामाङको जोड थियो । 

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले सङ्घीय सरकारले बुद्धसँग जोडिएका प्रदेशका समग्र स्थलको विकासलाई प्राथमिकतामा राख्नुपर्ने र त्यसमा पहलका लागि मन्त्री तामाङलाई आग्रह गरे। 

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले रामग्रामस्तूपको विकासका लागि संघ, प्रदेश सरकार र लुम्बिनी विकास कोष संयुक्तरूपमा अगाडि बढ्नुपर्ने बताए । उनले लुम्बिनी विकास कोषले निर्माण गरेका ऐनहरू बाझिएकाले काम गर्न कठिनाइ भएको समेत बताए । 

ग्रेटर लुम्बिनीअन्तर्गत बनाइएको गुरुयोजनाले स्तूप क्षेत्रको एक सय १७ बिघा जग्गा समेटेको छ । गुरुयोजनाअनुसार जग्गा अधिग्रहणका लागि रु. एक अर्ब ५० करोड र संरचना निर्माणका लागि रु. पाँच अर्ब ५० करोड लागत अनुमानसहित गुरुयोजना तयार गरिए पनि मन्त्रिपरिषदबाट स्वीकृत हुन बाँकी छ । 

गुरुयोजना कार्यान्वयनमा आए नवलपरासीपश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रका ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक स्थलको विकासका साथै बुद्धसँग सम्बन्धित विभिन्न संरचना निर्माण हुनेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस