२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुद्ध जयन्तीले सबैलाई मानव कल्याण, शान्ति, सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 

 बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी दाजुभाइ एवं विश्वभर रहेका बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै उनले बुद्धका दर्शन, शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन् । 

 “ मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु बुद्धप्रतिको साँचो सम्मान हुनेछ”, उनले सन्देशमा भनेका छन्– “बुद्ध जन्मस्थल लुम्बिनी नेपालको हुनु नै हाम्रो लागि  गौरवको विषय हो, बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनीलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गरी विश्वभरका बौद्ध धर्मावलम्बीलाई नेपाल भित्र्याउन सके यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि ठूलो योगदान हुनसक्छ ।”

यसैबीच, अध्यक्ष दाहालले किरात समुदायको पर्व उँभौलीका अवसरमा बेग्लै शुभकामना सन्देश जारी गरी यो पर्वले सबै वर्ग, लिङ्ग र समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनसहित राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सकोस् भन्ने कामना  गरेका छन् । 

सन्देशमा उनले भनेका छन्, “उभौली  पर्वले सांस्कृतिक एवं सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।” सन्देशमा उनले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्र भएको र संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस