काठमाडौँ । सरकारले गर्न लागेको जलवायु परिवर्तनको क्षेत्रमा हिमालय क्षेत्रमा पारेको प्रभाव कार्यक्रमको तयारी पूरा भएको छ ।
हिमालय क्षेत्रमा पारेको प्रभावको बारेमा मुद्दा उठाउनको लागि काठमाडौँमा यही जेठ ९ र १० मा अन्तर्राष्ट्रिय संवाद कार्यक्रम हुँदैछ ।
वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘हिमाल, जनता र जलवायुमा अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रममा २३ मुलुकका ५० भन्दा बढी विषयगत विज्ञ तथा वैज्ञानिकहरूको सहभागिता रहनेछ । कार्यक्रम चन्द्रागिरीमा हुँदैछ । उक्त कार्यक्रममा सहभागी हुन बङ्गलादेश र भुटानबाट जलवायु सम्बन्धी क्षेत्रमा हेर्ने मन्त्रीहरू आउँदैछन् ।
कार्यक्रम आयोजक कमिटीका सदस्य-सचिव तथा मन्त्रालयका सहसचिव महेश्वर ढकालले नेपालबाट २६ र विदेशी मुलुकबाट २८ गरी ६१ जना विज्ञ तथा वैज्ञानिकहरूको सहभागिता रहने बताए । उनले साउन एसियन फ्रि ट्रेड एसियाको तर्फबाट पनि कार्यक्रममा सहभागिताको लागि आएको बताए ।
ढकालले जलवायु परिवर्तनका कारण हिमालयमा हिउँ पग्लिरहेको, समुन्द्री सतह बढिरहेको र अन्य प्रभावहरूको सामना गर्नको लागि कुनै एउटा पनि मुलुक नभएर समग्रमा सबैको सामूहिक प्रयास महत्त्वपूर्ण हुने बताए ।