३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभाको बैठक स्थगित

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको बैठक भोलीसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेर १५ मिनेटका लागि आह्वान गरिएको बैठक समयमा बस्न नसक्दा पुनः दिउँसो ३ बजेर १५ मिनेटका लागि तय भएको थियो । 

दोस्रो पटक पनि तोकिएको समयमा बैठक बस्न नसकेपछि भोलीसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न सहकारी संस्थाको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । छानबिन समिति गठनका लागि दलहरुबीच सहमति भए पनि त्यसको कार्यादेश भने अझै टुङ्गिन सकेको छैन । 

सत्ता पक्ष दल र प्रमुख प्रतिपक्षी दलबीच कार्यादेश टुङ्ग्याउनेबारे आज बिहानैदेखि छलफल भइरहेको छ । अहिलेसम्म कार्यादेशको टुङ्गो भने लाग्न सकेको छैन ।

राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची तय गरिएको थियो । साथै अध्यक्ष दाहालले विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्नुहुने कार्यसूची थियो ।

आज निर्धारित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १ गते राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनकोप्रति टेबुल गर्ने कार्यसूची तोकिएको थियो ।

आजकै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची थियो । 

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक,२०८०’ सभा समक्ष पेस गर्ने तथा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन), २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस