वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या सरकारले समाधान गर्नुपर्छ : देउवा « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या सरकारले समाधान गर्नुपर्छ : देउवा


५ जेष्ठ २०८१, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् । 

शनिवार काठमाडौँमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औँ साधारण सभालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले नेपालीका लागि सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्ने बताए ।

उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमिकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे । सभापति देउवाले सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने बताए ।

उनले भने, ‘नेपालीका लागि वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो । एकातिर नेपालीले विदेशमा रोजगार गर्न पाउँछन् । तर त्यहाँ ठगिएका कुराहरू, दुःख पाएका कुराहरू पनि मैले थाहा पाएको छु, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ । साथ-साथै जो रेमिट्यान्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको अर्थतन्त्रमा मद्दत पुर्‍याएको अवस्था छ । सरकारले पनि सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्छ ।’

सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरूले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस