२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन: सुहाङ नेम्वाङ 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले राजनीति फोहोरी खेल हो भन्ने भाष्य बदल्न युवा नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

नेकपा एमाले कोशी प्रदेश सम्पर्क समितिले आयोजना गरेको ‘युवा’ विषयक गोष्ठीमा सांसद नेम्वाङले व्यवस्था परिवर्तनपछि अवस्था परिवर्तन गर्दै जाँदा युवाको काँधमा धेरै जिम्मेवारी आइपरेको उल्लेख गरे ।

उनले पुरानो नेतृत्वले युवालाई अवसर नै नदिएको भन्ने कुरा गलत भएको औँल्याए । उनले नयाँ पुस्ताले पुरानो पुस्ताको कामलाई सम्मान गर्दै युवाले राजनीति फोहोरी खेल हो भन्ने जस्ता भाष्यहरू चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘राजनीति एकदमै फोहोरी खेल हो भन्ने जुन भाष्य छ अब तपाईँ हामी मिलेर परिवर्तन गरेर अगाडि बढ्नुपर्छ । किनकि राजनीति कहिल्यै पनि फोहोरी हुँदैन । राजनीतिले सकारात्मक परिवर्तन ल्याउँछ, आर्थिक समृद्धि ल्याउँछ, सुशासन ल्याउँछ । फोहोरी त केवल स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे भने त्यो फोहोरी हुन्छ ।’

नेम्वाङले अग्रज, युवा र सबै एकजुट भएर राजनीतिको भाष्य बदल्न कसरी सकिन्छ त्यसमा निचोड निकाल्न लाग्नुपर्ने आवश्यकता औँल्याए । यस्तै उनले देशमा केही पनि हुँदैन, भविष्य छैन भनेर नकारात्मकता फैलाइएको भन्दै त्यो भाष्यलाई नेतृत्वले चिरेर अगाडि बढ्नु आजको आवश्यकता भएको बताए । 

‘सुरुवात अब हामीबाटै गर्नुपर्छ, हामीले नै यसलाई परिवर्तन गर्दै लानुपर्छ । देशमै स्वरोजगारको वातावरण बनाउनुपर्छ । देशलाई समृद्धितर्फ लैजान हामीले सकारात्मक सोच राख्नुपर्छ,’ उनले भने । नेम्वाङले नेतृत्वले यो वा त्यो गर्‍यो नि भन्ने भ्रम सिर्जना हुनेगरी ‘अरे’ शब्दको प्रयोग गरेर हुँदै नभएको कामको बखान गर्ने प्रवृत्ति बढेकोतर्फ जोड दिँदै सत्य र तथ्यमा आधारित भएर बोल्नुपर्ने बताएका छन् । 

‘अरे’ शब्द शब्दकोषबाटै हटाउनुपर्ने भन्दै उनले थपे, ‘आजभोली के भैरहेको छ भने यो पार्टीले यस्तो गर्‍यो अरेनि, यो मान्छेले यस्तो गर्‍यो अरेनि भन्दै भ्रम सिर्जना गर्ने काम भएको छ । त्यो भ्रामक कामले हामी जुन गन्तव्यमा पुग्न हिँडिरहेका छौँ त्यो गन्तव्यमा ठूलोठूलो खाडल बनाउने काम गर्छ । त्यसैले हामी त्यो भ्रामक कुराबाट पर बसेर सामाजिक सद्भाव र एकतालाई कायम राखेर एकबद्ध भएर अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस