२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा सरोकारवालाको जोड

अ+ अ-

ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका छन् । 

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारद्वारा आज आयोजित ‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रियामा सहभागीहरूले दिगो र पर्यटनमैत्री वातावरण निर्माणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण जोगाउन सबै सरोकारवालाको बलियो प्रतिबद्धता आवश्यक भएको उल्लेख गर्दै उत्पादित विद्युत्को खपत बढाउनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिए । “सरकारले ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना बनाएर विद्युत् उत्पादन बढाउने, वितरण प्रणालीको आवश्यक पूर्वाधार निर्माण र खपत बढाउने गरी योजना बनाएका छ”, उनले भने । 

मन्त्री बस्नेतले सरकारको सहज नीतिका कारण पछिल्ला केही वर्षयता विद्युतीय सवारीसाधनको आयात र प्रयोग बढिरहेको बताए। विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै सरकारले चार्जिङ स्टेसन निर्माणमा पनि जोड दिएको उनको भनाइ छ । “नेपाल विद्युत् प्राधिकरणले हाल ५१ वटा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । आगामी दिनमा थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण आवश्यक छ, त्यसतर्फ सरकार अघि बढेको छ”, मन्त्री बस्नेतले भने ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुपर्ने भए पनि पूर्वाधारमा लगानी पर्याप्त नभएको बताए । “पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको छ । पर्यटकीय क्षेत्रमा पनि विद्युतीय सवारी प्रयोगमा जोड दिनुपर्छ”, उनले भने, “लुम्बिनीमा पर्यटकका लागि ल्याइएका विद्युतीय बस थन्किएर बसेको अवस्थामा छ । त्यसैले तिनलाई छिट्टै प्रयोगमा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको छ”, उनले भने।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पर्यावरणका क्षेत्रमा सरकारी तवरबाट विभिन्न प्रतिबद्धता आएको र अब प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । राष्ट्र बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (इएसआरएम) मार्गदर्शन र हालै तयार भएको ग्रीन ट्यासोनोमीको मस्यौदामा पनि विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले ८० प्रतिशत कर्जामा विद्युतीय सवारीसाधन खरिद सुविधा दिइएको जानकारीसमेत बताए । “राष्ट्र बैंकले अन्य सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको खरिदमा बढी कर्जा पाउने व्यवस्था गरेको छ । अब त्यसका उपयोग गर्नुपर्छ”, उनले भने ।

वातावरणविद् भूषण तुलाधरले विश्वव्यापी रूपमा वातावरणीय प्रदूषण बढिरहेकाले त्यसको न्यूनीकरणका लागि पनि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिए । उनले विद्युतीय सवारी खरिदमा कर्जा लिँदाको जोखिम भार पनि कम गर्नुपर्ने धारणा राखे । हाल काठमाडौँमा साझा यातायातले ४० वटा विद्युतीय सवारीसाधन थपेको भन्दै यसबाट पनि प्रदूषण कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

विद्युतीय सवारी बिवाइडीको आयातकर्ता कम्पनी सिनेम्याक्स इङ्क प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साहिल श्रेष्ठले हाल नेपालमा १५ हजारभन्दा बढी बिवाइडी गाडी गुडिरहेको जानकारी दिँदै पर्यावरण जोगाउनका लागि विद्युतीय सवारीसाधनको विकल्प नभएको बताए । उनले पछिल्लो समय चार्जिङ स्टेसनको उपलब्धता र कम खर्चिलो हुने हुँदा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको बताए ।

आयोजक स्पार्क कारका अध्यक्ष रोशन घिमिरेले सरकार व्यवसायमैत्री र व्यवसाय वातावरणमैत्री हुनुपर्नेमा जोड दिँदै विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने धारणा राखे । “नेपालमा गुणस्तरीय पर्यटक आउने क्रम बढेको छ, लक्जरी होटेल पनि थपिँदै छन् तर पर्यटकमैत्री गुणस्तरीय सवारीसाधनको प्रयोग भने बढाउन सकिएको छैन । यसको प्रयोग बढाउनुपर्छ”, उनले भने । 

प्रतिक्रिया दिनुहोस