काठमाडौँ । भारतमा लोकसभा चुनाव हुने भएकाले भंगहा-जनकपुर-जयनगर रेलसेवा तीन दिनका लागि ठप्प हुने भएको छ ।
भारतको विहारमा पर्ने मधुवनी जिल्लाको मधुवनी संसदीय क्षेत्रमा २० मे २०२४ सोमबारका दिन लोकसभाको चुनाव हुन लागेको छ । चुनावकै लागि ७२ घण्टा बोर्डर सील गर्ने नेपाल-भारत पक्षबीच भएको सहमति अनुसार रेलसेवा बन्द हुनेछ ।
२०८१ जेष्ठ ५ गते शनिवारदेखि तीन दिन ०८१ जेष्ठ ७ गते सोमवारसम्म तीन दिनका लागि रेलसेवा बन्द हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
जेष्ठ ८ गते मंगलवारदेखि नियमित रूपमा रेल सेवा सञ्चालनमा आउनेछ ।