२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिजुलीका तार भूमिगत गरिएको क्षेत्रमा इन्टरनेटका केबल, फाइबरलगायत उपकरण हटाउन आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा बिजुलीका पोलमा रहेका संरचना तथा उपकरण हटाउन आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गरी प्राधिकरणले पोलमा रहेका इन्टरनेट, केबल, आप्टिकल फाइबर, सीसीटीभी क्यामेरा र सडक बत्तीलगायतका संरचना ६ महिना भित्र हटाउन आग्रह गरेको छ । 

प्राधिकरणले निर्माण सम्पन्न भएका स्थानहरूमा भूमिगत विद्युत् हटाउने कार्यको परीक्षण गरी केही दिनभित्रै भूमिगत विद्युत् प्रणाली सञ्चालनमा ल्याउने उल्लेख गरेको छ । त्यसका लागि प्राधिकरणले ती स्थानमा रहेका विभिन्न विद्युतीय सामग्री र पोल हटाउन भनेको हो । 

६ महिनाभित्र नहटाए पछि हुने क्षतिप्रति स्वयं जिम्मेवार हुनुपर्ने भन्दै प्राधिकरणले जिम्मेवारी नलिने जनाएको छ । जारी सूचनामा भनिएको छ, ‘प्राधिकरणले पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायण गोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिन भित्रमा सञ्चालनमा ल्याइने छ ।

उल्लेखित क्षेत्रको ओभरहेड वितरण लाइन तथा विद्युतका पोलहरू क्रमैसँग हटाइने भएकाले उपरोक्त स्थानमा भएका संरचना एवं उपकरणहरू नहटाएमा प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत् प्राधिकरण जिम्मेवारी नहुने व्यहोरोसमेत जानकारी गराइन्छ ।’

अब प्राधिकरणले ६ महिना भित्र उल्लेखित स्थानहरूमा परीक्षण गरी भूमिगत प्रणालीबाट विद्युत् पठाउने प्रणाली सञ्चालनमा ल्याउने छ । 

प्रतिक्रिया दिनुहोस