१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

अ+ अ-

काठमाडौँ । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । नेपाल प्रहरीले हालै गरेको अनुसन्धानमा ती गिरोहले दुबई र कुवेतका कार्यालयमा एजेन्ट राखेर नेपालीहरूलाई भिजिट भिसामा दुबई पुर्‍याउने र त्यहाँबाट विभिन्न प्रलोभन देखाइ कुवेत पुर्‍याएर बेचबिखन गर्ने गरेको पाइएको हो । 

आरोपीहरू राकेश नेपालीले गोपाल सुनार र राकेश सुनारका नाममा जन्ममिति र ठेगाना फरक बनाई दुई वटा नागरिकता लिएर मानव तस्करी गर्ने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । 

उनीसहितका गिरोहले महिलालाई प्रलोभनमा पारेर दुबई लैजाने भनी कुवेत पुर्‍याउने र बेचबिखन गर्ने गरेको खुल्न आएको उनले बताए । महिलालाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएर घरेलु कामदारका रूपमा लगाउने गरेको खुलेको प्रहरीले जनाएको छ । 

पीडितका एक आफन्तले कार्यालयमा दिएको निवेदनका आधारमा कुवेतस्थित नेपाली राजदूतावासमार्फत एक पीडित महिलाको यही वैशाख २७ गते उद्धार गरेको थियो । प्रारम्भिक चरणको अनुसन्धानपछि आज प्रहरीले घटनाबारे सार्वजनिक गरेको हो ।

उक्त घटनामा नेपाल सरकारबाट निषेधित गरिएको क्षेत्रमा समेत महिलालाई लगी अलपत्र पारी बन्धक बनाउने व्यक्तिउपर अनुसन्धान गर्दा मानव तस्करीसमेतका कार्यमा संलग्न रहेको खुलेपछि गत वैशाख ३१ गते दुई जनालाई पक्राउ गरिएको थियो । 

पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको बौद्ध बस्ने राकेश सुनार भन्ने २४ वर्षका गोपाल सुनार र गोरखा घर भई काठमाडौँ बस्ने आयुस भन्ने आकाशबाबु विक छन् । पीडितले स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको र रु एक लाख ५० हजार माग्नुका साथै ज्यान लिने धम्की दिएको खुल्न आएको छ । 

प्रतिक्रिया दिनुहोस