१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कति होला भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ? 

अ+ अ-

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति होला ? मोदी आफैँले दिएको जानकारीअनुसार भने उनको चल सम्पत्ति तीन करोड भारतीय रुपैयाँभन्दा बढी छ ।

उनले देखाएको तीन करोडमध्ये धेरैजसो रकम बैंकमा मुद्दती छ । लोकसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नेमा प्रधानमन्त्री मोदीले आफ्नो सम्पत्ति तीन करोड रहेको उल्लेख गरेका छन् । 

बीबीसीका अनुसार मोदीले मनोनयन दर्ता पत्रमा आफ्नो चल सम्पत्ति ३ करोड २ लाख ६ हजार ८ सय ८९ रहेको उल्लेख छ । त्यसमध्ये २ करोड ८५ लाख भारतीय स्टेट बैंकमा मुद्दती निक्षेप रहेको छ । यसबाहेक मोदीसँग चार वटा सुनका औँठी छन्, जसको मूल्य २.६७ लाख पर्छ ।

मोदीले गत आर्थिक वर्षमा ३.३३ लाख रुपैयाँ आयकर तिरेका थिए । मोदीले नगदबारे यसरी खुलाए पनि उनको अचल सम्पत्ति कहाँ कति छ भन्नेबारे खुलाइएको छैन । 

जशोदाबेनलाई प्रधानमन्त्री मोदीकी पत्नीको रूपमा वर्णन गरिएको छ । उनीसँग कति सम्पत्ति छ भन्ने जानकारी खुलाएका छैनन् । 

मोदीले सन् २०१९ को लोकसभा निर्वाचनमा गुजरातको गान्धीनगरमा आवासीय जग्गासहित २.५ करोडको सम्पत्ति रहेको बताएका थिए । जसमध्ये १.२७ करोड रुपैयाँ मुद्दती निक्षेप थियो ।

सन् २०१४ मा भने उनले १.६५ करोड सम्पत्ति रहेको खुलाएका थिए । 

प्रतिक्रिया दिनुहोस