१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सभाको आज बैठक बस्दै

अ+ अ-

मनहरी । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आज अपराह्न ३ बजे बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । संसद्मा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार बैठकमा विशेष समयको व्यवस्थासमेत रहेको र उक्त समयमा प्रदेश सभा सदस्यहरुले धारणा राख्ने छन् । प्रदेश सभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने छ । सो बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रुप दिनेछ ।

सोमबारदेखि सुरु भएको प्रदेश सभाको चौथो अधिवेशन बैठकमा दलगत रुपमा प्रदेशसभा सदस्यहरुले शुभकामना राखेका थिए भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो । संसद्मा पेस भएको सो अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयकसहित पारित गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रदेश सरकारको गत वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही वैशाख २३ गते सो अध्यादेश जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस