काठमाडौँ । सरकारबाट बाहिरिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल आजदेखि संसदमा प्रतिपक्षको बेन्चमा बस्दै छ । दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारबाट बाहिरिएसँगै प्रतिपक्षको बेन्चमा बस्न लागेका हुन् ।
सोमबार पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीबाट यादवले राजीनामा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । गत वैशाख २३ गते अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भई निर्वाचन आयोगमा दर्ता भएको थियो । राईको पक्षमा ७ सांसद लागेका छन् भने यादवको पक्षमा ५ सांसद रहेका थिए ।