काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी)पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।
प्रशासन सिँहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि वरिष्ठ तीन सहसचिवहरू लोकनाथ पौडेल, गोविन्द बहादुर कार्की र महादेव पन्थलाई सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि सिफारिस गरेको हो । हाल पौडेल मधेस प्रदेश, कार्की बागमती प्रदेश र पन्थ गृह मन्त्रालयमा छन् ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ सिफारिस भएका तीन सहसचिवमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ ।