२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि आधुनिकीकरण परियोजना : आठ हजारभन्दा बढी किसान आबद्ध

अ+ अ-

अत्तरिया (कैलाली) । कैलालीमा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा चालु आवमा आठ हजारभन्दा बढी किसान आबद्ध भएका छन् ।

जिल्लामा परियोजनाद्वारा सञ्चालित ‘गहुँ सुपरजोन’,‘तेलहन जोन’ र ‘धान जोन’ कार्यक्रममा आठ हजार नौ सय ३५ जना किसान आबद्ध भएका हुन् । चालु आव २०८०/८१ मा तीन वटै जोनमा चार हजार नौ सय १७ महिला र चार हजार १८ पुरुष आबद्ध भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ कैलालीका सूचना अधिकारी रीतु धामीले जानकारी दिइन् ।

उनका अनुसार चालु आवमा सहकारी, कृषि समूह, कृषि उद्यमी, बीउ उत्पादन कम्पनी र समिति गरी तीन सय ३५ संस्था सूचीकृत भएका छन् । गहुँ सुपरजोन एक हजार पाँच सय हेक्टरबाट क्षेत्रफल विस्तार भएर हाल तीन हजार हेक्टर, तेलहन जोन पाँच सय हेक्टरबाट एक हजार पाँच सय हेक्टर र धान जोन पाँच सय हेक्टरबाट क्षेत्रफल विस्तार भएर आठ सय हेक्टर पुगेको उनले जानकारी दिइन् ।

कार्यक्रम सञ्चालन भएपछि गहुँको उत्पादकत्व दुई दशमलव नौ मेट्रिक टन प्रतिहेक्टरबाट वृद्धि भएर हाल चार दशमलव चार, तोरीको उत्पादकत्व शून्य दशमलव नौ मेट्रिक टनप्रति हेक्टरबाट वृद्धि भएर एक दशमलव पाँच र धानको उत्पादकत्व तीन दशमलव ४७ बाट वृद्धि भएर पाँच दशमलव २७ मेट्रिक टन प्रतिहेक्टर पुगेको उनले जानकारी दिइन् ।

‘गहुँ सुपरजोन’ जिल्लाको कैलारी गाउँपालिका, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा, ‘तेलहन जोन’ जानकी, जोशीपुर गाउँपालिका, भजनी, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विभिन्न २९ वडा र ‘धान जोन’ जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न नौ वटा वडामा सञ्चालनमा रहेको सूचना अधिकारी धामीले जानकारी दिए। उनका अनुसार चालु आवमा साना सिँचाइ अन्तरगत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा एक सय ५६ वटा स्यालो ट्युबवेल वितरण गरिएकोमा एक सय ४८ वटा जडानका लागि सम्झौता भएर काम भइरहेको छ ।

त्यस्तै परियोजनाले चैते धानको क्षेत्रफल विस्तार कार्यक्रम अन्तर्गत गत वर्ष ५० हेक्टरमा गरिएको चैते धान यस वर्ष एक सय २७ हेक्टरमा विस्तार गरेको सूचना अधिकारी धामीले जानकारी दिए। लागत घटाएर कृषि आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन ५० प्रतिशत अनुदानमा बीउ, विषादी, कृषियन्त्र उपकरण वितरण गर्ने गरिएको छ । साथै परियोजनाले प्राविधिक सहयोगसमेत गर्ने गरेको जनाइएको छ । जिल्लामा गहुँ सुपरजोन आव २०७३/७४, तेलहन जोन आव २०७४/७५ र धान जोन आव २०७८÷७९ मा सुरु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस