दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने दुवै जना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

घटनाबारे काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस