२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपीएलमा पञ्जाब किंग्सविरुद्ध बेंग्लुरुको फराकिलो जित

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लुरुले फराकिलो जित निकालेको छ । बिहीबार राति पञ्जाब किंग्सविरुद्ध बेंग्लुरुले ६० रनको जित दर्ता गरेको हो । 

घरेलु टोली पञ्जाबका कप्तान साम कुरानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि आरसीबीका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै पञ्जाबलाई २४२ रनको कठिन लक्ष्य दिएका थिए । 

यस लक्ष्यको जवाफमा पञ्जाबका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरे पनि १७ ओभरमा १८१ रनमा पूरै टिम ढलेको थियो र यो हारसँगै पञ्जाब टोली आइपीएलको प्लेअफ होडबाट पुरै बाहिर भएको छ ।

आरसीबीका ओपनर फाफ डु प्लेसिस र विराट कोहली पहिले ब्याटिङ गर्न आएका थिए । दुवैले सुरुमा तीव्र गतिमा शट खेल्न थाले तर आइपिएलमा डेब्यू गर्दै आएका वेदावथ कावरप्पाले पहिले फाफ डु प्लेसिस (९ रन) र त्यसपछि विल ज्याक (१२ रन) लाई पहिले प्याभिलियन पठाए । तेस्रो विकेटका लागि रजत पाटीदारले विराट कोहलीलाई साथ दिए । 

दुवै ब्याट्सम्यानले विस्फोटक शट खेल्न थाले । रजत पाटीदार २३ बलमा ५५ रनको तीव्र इनिङ खेलेर आउट भए । यस इनिङ्समा उनले ३ चौका र ६ छक्का प्रहार गरेका थिए ।

पाटीदारको विकेटपछि वर्षाले खेल अवरुद्ध गरे पनि केही समयपछि सुरु भएको खेलमा विराट कोहलीले आफ्नो उत्कृष्ट इनिङलाई अगाडि बढाउँदै क्यामरुन ग्रीनसँग ९२ रनको महत्त्वपूर्ण साझेदारी गरे । विराट कोहलीले ४७ बलमा ७ चौका र ६ छक्का सहित ९२ रनको इनिङ खेले । 

अन्त्यमा दिनेश कार्तिकले ७ बलमा १८ रनको छोटो तर दमदार इनिङ खेले भने क्यामरुन ग्रीनले २७ बलमा ४६ रन बनाएर नटआउट रहे । पञ्जाबका हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए ।

२४२ रनको लक्ष्य पछ्याउन आएको पञ्जाबलाई प्रारम्भिक झटका प्रभासिमरनको विकेटको रूपमा लाग्यो । तर दोस्रो विकेटका लागि जोनी बेयरस्टो र रिले रुसोले ७१ रनको तुफानी साझेदारी गरे । बेयरस्टोले २७ रन बनाए भने अर्को छेउमा रुसोले २७ बलमा ६१ रनको विस्फोटक इनिङ खेले । शशांक सिंहले पनि ३७ रनको महत्त्वपूर्ण योगदान दिए । 

पञ्जाबका लागि मध्य क्रममा कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । जितेश शर्मा ५, लियाम लिभिङस्टोन ०, आशुतोष शर्मा ८ र कप्तान करणले २२ रन बनाएपछि फ्लप भए । आरसीबीका लागि मोहम्मद सिराजले सर्वाधिक ३ विकेट लिए भने स्वप्निल सिंह, लोकी फर्गुसन र कर्ण शर्माले २–२ विकेट लिए ।

जितसँगै आरसीबीले प्रतियोगिताको प्लेअफ होडमा आफूलाई कायमै राखेको छ । फाफ डु प्लेसिस र कम्पनीलाई प्रतियोगितामा १४ अंकसहित प्लेअफको ढोका खोल्नका लागि अर्को दुई खेल जित्न आवश्यक छ । आइपीएलमा आज राति गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्स आमने सामने हुने छन् । 

प्रतिक्रिया दिनुहोस