पार्टी विभाजनमा प्रधानमन्त्री र ओलीको हात छैन् : अशोक राई « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

पार्टी विभाजनमा प्रधानमन्त्री र ओलीको हात छैन् : अशोक राई


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । जसपाका अध्यक्ष अशोक राईले पार्टी विभाजनमा प्रधानमन्त्री ‘प्रचण्ड’ र केपी ओलीको हात नभएको बताएका छन्।

जसपा नेपालबाट अलग भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूहरूले उपेन्द्र यादवको कार्यशैलीको कारणले अलग हिँड्ने घोषणा गरेको बताए।

उनले भने, ‘हामीलाई कुनै व्यक्तिले सांसद बनाएको होइन, जनताले बनाएका हुन्। यसमा अन्यथा प्रचार गर्नुपर्ने अराजनीतिक प्रचार हो। हामीले कसैसँगको लेनदेनको आधारमा विभाजन गरेको होइनौँ। हामीले भनिसक्यौँ सैद्धान्तिक, राजनीतिक, नीतिगत कुराहरूमा विमति भएकै कारणले विभाजन गरेका छौँ। त्यही अगाडि पार्टी निर्माण गरेर अघि बढ्छौँ।’

उनले आफूहरू सरकारमै रहेको उल्लेख गर्दै उनले भने, हामी सरकारमै छौँ, उपेन्द्रजी सरकारमा रहनुहुन्छ वा रहनुहुन्न भने उहाँ र प्रधानमन्त्रीको कुरा हो।

Tags :
प्रतिक्रिया दिनुहोस