तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण


२७ बैशाख २०८१, बिहिबार


तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेलमैदानमा दुई सय ५० जना दर्शक बस्न सक्ने प्यारापिट निर्माण भएको छ । 

व्यास नगरपालिकाको रु ३० लाख आर्थिक सहयोगमा एक हजार एक सय २७  वर्ग फिट क्षेत्रफलमा निर्माणाधीन प्यारापिटको ७५ प्रतिशत काम पूरा भएको छ । प्यारापिटले दर्शकलाई घामपानीबाट बचाउँछ ।  

उक्त खेलमैदानलाई फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबललगायत खेल प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको बिपी वनबाटिक खेलमैदान निर्माण समितिका अध्यक्ष भुवन गोशलीले बताए । 

यसअघि भिमाद नगरपालिका–६ क्याम्पस रोडस्थित रङ्गशालामा प्यारापिट निर्माण भएको थियो । तीन हजार दर्शक क्षमताको उक्त प्यारापिट कूल रु ५२ लाख ८४ हजार दुई सय लागतमा निर्माण भएको हो । प्यारापिट बनाउन भिमाद नगरपालिकाको रु ४६ लाख ८० हजार र स्थानीयले रु छ लाख चार हजार दुई सय सहयोग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस