मैले पार्टी फुटाउँदैछु भनेर सुनियोजित रूपमा प्रचार गरियो : झलनाथ खनाल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मैले पार्टी फुटाउँदैछु भनेर सुनियोजित रूपमा प्रचार गरियो : झलनाथ खनाल


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्दैछ भनेर सुनियोजित रूपमा हल्ला चलाइएको प्रष्टीकरण दिएका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि नेकपा एस पनि फुट्न लागेको चर्चाकाबीच नेता खनालेले प्रष्टीकरण दिएका हुन्।

‘केही दिनअघि मात्र तत्कालीन जनता समाजवादी पार्टी नेपाल समेत विभाजित भएको छ । यही सिलसिलामा केही दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ । केही अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो,’उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस