एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित


२६ बैशाख २०८१, बुधबार


ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ताप्लेजुङको अध्यक्षमा डम्बर ध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो । 

निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाएका थिए । पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित भएकी छन् । 

जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस