आज यी प्रदेशमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आज यी प्रदेशमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना 


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ  ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशको पहाडी भू-भागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै तराईका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  थोरै स्थानहरूमा साथै बाँकी  प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

Tags :
प्रतिक्रिया दिनुहोस