२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई निकुञ्जले गर्‍यो कारवाही

अ+ अ-

काठमाडौँ । डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ७४ जनालाई जरिवाना गरिएको छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले उनीहरूलाई कारवाही गरेको हो ।

जेठ १० गतेबाट यार्सा सङ्कलन कार्य सुरु गर्ने निर्णय भए पनि लुकिछिपी यार्सा टिप्न पाटन जाँदै गरेका ७४ जनालाई सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीले भेटिएपछि पक्राउ गरेर जनही २ हजारका दरले जरिवाना गरेर फिर्ता पठाएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार अवैध बाटो प्रयोग गरी निकुञ्ज क्षेत्रमा यार्सा टिप्न जाने गरिएको छ ।

अनुमतिबिना कोही कसैलाई यार्सा टिप्न पाटनतर्फ जान नदिएको र लुकिछिपी यार्सा जानेलाई फेला पारेको खण्डमा पक्राउ गरी सम्झाइबुझाई गरी नियमबमोजिम दण्ड जरिवाना गरेर फिर्ता पठाउने गरिएको छ । यार्सा चोर्ने व्यक्तिलाई नियन्त्रण नगरेमा पछि अनुमति लिएर जाने सङ्कलककर्तालाई घाटा लाग्ने, दुःख हुने निकुञ्जले जनाएको छ ।

डोल्पामा जेठ १० बाट यार्सा सङ्कलन कार्य सुरु गर्ने सर्वदलीय निर्णय भएपछि विभिन्न गाउँ बस्तीबाट स्थानीय यार्सा भएको क्षेत्रतर्फ जान थालिसकेका छन् ।