वामदेवको एकता महाअभियान प्रति ओली सकारात्मक « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

वामदेवको एकता महाअभियान प्रति ओली सकारात्मक


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमको एकताको भावनालाई आफूले सकारात्मक रुपले लिएको बताएका छन् ।

वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै गौतमले आफू एमालेमा आत्मालोचनासहित फर्किन तयार रहेको बताएका थिए ।

त्यसको जवाफ दिँदै ओलीले भने, ‘वामदेव कमरेडले उठाउनुभएको कुरा छलफल गर्ने थलो यो होइन । पछि हामी त्यसबारेमा छलफल गर्न सक्छौँ । वामदेवजीको एकताको भावना त्यो सकारात्मक छ । महाअभियान सफल होस् । शुभकामना ।’

Tags :
प्रतिक्रिया दिनुहोस