इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्ड ड्रिंक्स’ निषेध, दही र मोही प्रयोग गर्ने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्ड ड्रिंक्स’ निषेध, दही र मोही प्रयोग गर्ने


२४ बैशाख २०८१, सोमबार


चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्ड ड्रिंक्स’ निषेध गरेको छ। स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो।

इच्छाकामानाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गरिन्छ। गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको नै प्रयोग गरिएको छ। इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाका किसानलाई फाइदा पुगोस् भनेर यस्तो व्यवस्था गरिएको बताए।

‘गर्मीमा प्रयोग गरिने ‘कोल्ड ड्रिंक्सभन्दा दही र मोही प्रयोग गर्नसके स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ भनेर हामीले सो निर्णय गरेका हौँ, स्वास्थ्यको दृष्टिकोणले पनि दही र मोही नै राम्रो हुन्छ।’

अध्यक्ष गुरुङले गाउँपालिकाअन्तर्गतका वडा कार्यालयमा पनि सोही प्रकारको सर्कुलर गर्ने तयारी गरेको जानकारी दिए। गाउँपालिकाले जाडो मौसममा भने चियाको प्रयोग गर्ने जनाएको छ।

गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नै निर्णय गरेर पालिका कार्यालयमा  चिसो पेय पदार्थ निषेध गरेको हो। अहिले कार्यक्रम हुँदा गाउँपालिकामा १० लिटरसम्म मोही प्रयोग हुने गरेको अध्यक्ष गुरुङले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस