रुसी सेनाका परिवारका सदस्यले १७ औँ दिनमा तोडे आमरण अनशन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

रुसी सेनाका परिवारका सदस्यले १७ औँ दिनमा तोडे आमरण अनशन


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । रुसी सेनामा आमरण अनशन बसेका पीडित परिवारहरूले अनशन तोडेका छन् ।

रत्नपार्कस्थित शान्तिवाटिकामा आमरण अनशन बसेको १७ औँ दिनमा रुसी सेनामा गएका नेपालीका परिवारका सदस्य र आफन्तहरूले आइतबार साँझ साढे सात बजे अनशन तोडेका हुन् ।

रुसी सेनामा गएका नागरिकको जीवन रक्षाका लागि भन्दै कृतु भण्डारी, रुकुमकी सिरयानी पुन र सुर्खेतका किसन थापा आमरण अनशन बसेका थिए ।

रुसी सेनाका परिवारले राखेका माग सरकारको तर्फबाट सम्बोधन गर्न अधिकतम प्रयास गर्ने र प्रधानमन्त्रीसँग वार्ता गर्ने सहमतिमा उनीहरूले अनशन तोडेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले उनीहरूलाई जुस खुवाएर अनशन तोडाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस