परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी समकक्षीबीच भेटवार्ता « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी समकक्षीबीच भेटवार्ता


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी जापानकी परराष्ट्र मन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ।

आइतबार दिउँसो परराष्ट्र मन्त्री श्रेष्ठ र जापानकी परराष्ट्र मन्त्री योकोबीच सिंहदरवारमा भेटवार्ता भएको हो।

परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डल र जापानका विदेशमन्त्री योकोसहितको उच्चस्तरीय प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो।

परराष्ट्र मन्त्री योको आइतबार बिहान नेपाल भ्रमणमा आएकी थिइन्। उनी आइतबार नै स्वदेश फर्कने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस