काठमाडौँ । जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । अर्काको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गरेको आरोप उनीहरू माथि छ ।
पक्राउ पर्नेमा राजन श्रेष्ठ र ईश्वरी पाण्डे रहेका छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौँको कागेश्वरी मनहरा बस्दै आएका थिए । पाण्डे झापा गौरादहका हुन् ।
उनीहरूले जापान पठाइदिने भन्दै २ सय बढी व्यक्तिबाट करिब ३ करोड ठगेको प्रहरीले जनाएको छ ।